गोरखा, २८ असोज । गोरखाको पालुङटारमा हुने ऐतिहासिक लिगलिगे दौड आयोजकबीचको विवादका कारण अन्योलमा परेको छ।
पालुङटार नगरपालिका र लिगलिगकोट विकास अभियानले फरक–फरक मितिमा दौड आयोजना गर्ने घोषणा गरेपछि जिल्ला प्रशासन कार्यालयले सुरक्षा चुनौती देखाउँदै दुवै पक्षलाई प्रतियोगिता नगर्न निर्देशन दिएको छ।
नगरपालिकाले असोज २९ गते र अभियानले असोज ३० गते दौड गर्ने तयारी गरेका छन्। आयोजकको स्वामित्वलाई लिएर दुवै पक्षबीच सहमति जुट्न नसक्दा विगत दुई वर्षदेखि रोकिएको ऐतिहासिक प्रतियोगिता यस वर्ष पनि प्रभावित हुने भएको छ।
जिल्ला प्रशासन कार्यालय गोरखाको सुचना:
