काठमाडौँ, १८ असोज। नेपाली कांग्रेसको १५ औँ महाधिवेशन काठमाडौँको खुलामञ्चमा ७ हजार ५०० भन्दा बढी प्रतिनिधिको सहभागितामा पाँच दिनसम्म चल्दैछ।
उद्घाटन समारोहलाई भव्य बनाउन खुलामञ्चलाई सजाइएको छ भने प्रमुख दलका नेताहरूलाई समेत निमन्त्रणा गरिएको छ। महाधिवेशनमा तालिकाअनुसार बन्दसत्र सञ्चालन, नयाँ नेतृत्व चयन र मतदान प्रक्रिया सम्पन्न गरिनेछ।
बन्दसत्र सञ्चालनका लागि खुलामञ्चमै तीनवटा छुट्टाछुट्टै डोम–हल निर्माण गरिएका छन् भने पत्रकारका लागि मिडिया सेन्टर र आकस्मिक स्वास्थ्य उपचारका लागि हेल्थ डेस्कको व्यवस्था गरिएको छ।