२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

एमालेकी सम्मानित वरिष्ठ नेता भण्डारी भन्छिन्: ‘वामआन्दोलनलाई अझ बलियो बनाउने चाहना छ’

एमालेकी सम्मानित वरिष्ठ नेता भण्डारी भन्छिन्: ‘वामआन्दोलनलाई अझ बलियो बनाउने चाहना छ’

गण्डकी टाइम्स
मंगलवार, आश्विन १३ २०८३
गण्डकी टाइम्स
मंगलवार, आश्विन १३ २०८३
  • रूपन्देही, १३ असोज। नेपाल कम्युनिष्ट पार्टी (एमाले) की सम्मानित वरिष्ठ नेता विद्यादेवी भण्डारीले आगामी दिनमा पार्टीमा सक्रिय रहँदै जनताको सेवा र राष्ट्रिय हितका विषयमा काम गर्ने बताएकी छिन् ।

    आज रूपन्देहीमा आयोजित बधाई तथा सम्मान कार्यक्रममा उनले एमालेले आफूलाई दिएको सम्मानित वरिष्ठ नेताको जिम्मेवारी स्वीकार गर्दै पार्टीलाई थप ऊर्जा दिने गरी काम गर्ने बताउइन् । एमालेले यही असोज ८ गते भण्डारीलाई सम्मानित वरिष्ठ नेताको जिम्मेवारी दिने निर्णय गरेको थियो भने उक्त निर्णय केन्द्रीय कमिटीले अनुमोदन गरेको थियो ।

    बाल्यकालदेखि एमालेसँग आबद्ध भएर सामाजिक सेवा तथा सामाजिक कुरीति विरुद्धका अभियानमा सहभागी हुँदै आएको स्मरण गर्दै भण्डारीले पार्टी, समाज र राष्ट्रका लागि निरन्तर काम गर्दै आएको बताइन् । उनले विगतको वाम आन्दोलनका क्रममा विभिन्न समस्या आए पनि आफ्नो राजनीतिक आस्था परिवर्तन नगरेको उल्लेख गर्दै पार्टीभित्र देखिएका कमजोरी र गल्तीलाई सच्याउँदै अघि बढ्नुपर्ने धारणा राखिन्। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij