काठमाण्डौ, १० बैशाख। बालेन शाह प्रधानमन्त्री बनेपछि नेपालले कूटनीतिमा पुरानो राजनीति शैली परिवर्तन गरेको जस्तो अनुभूति भएको थियो। कूटनीतिमा विशेष गरी निष्पक्ष नेपाल बनाउने वाचासहित उनी सत्तामा आएका थिए। तर यसै साता काठमाडौंमा महाशक्तिहरूबीचको प्रतिस्पर्धाले अर्को संकेत स्पष्ट गरेकाे छ ।
पत्रकार अनिल गिरीले सामाजिक सञ्जाल ‘एक्स’ मा लेखेका छन्, “काठमाडौंमा चीन र अमेरिकाबीच कूटनीतिक ‘बक्सिङ’ फेरि सुरु भएको जस्तो देखिन्छ!” अमेरिकी विदेश उप-सचिव समीर पॉल कपूरले परराष्ट्र मन्त्री शिशिर खनाल र अर्थमन्त्री स्वर्णिम वाग्लेसँग भेट गरेको केही घण्टामै चिनियाँ विदेश मन्त्रालयका उप-निर्देशक गाओ शिङ परराष्ट्र मन्त्रालय पुगे। उनले परराष्ट्र सचिवसहित अन्य अधिकारीहरूसँग भेट गर्दै केही गम्भीर चिन्ता व्यक्त गरेका थिए।
तर ती चिन्ताहरू के थिए भन्ने खुलाइएको छैन। मंगलवार काठमाडौंमा बेइजिङ र वासिङ्टनबीचको भू-राजनीतिक प्रतिस्पर्धा प्रत्यक्ष देखिएको थियो। दुवै महाशक्तिका अधिकारीहरूले लगभग एकै समयमा बैठकहरू गर्दै नेपाल सरकारलाई कडा सन्देश दिएका थिए।
-नवभारत टाइम्स