रवि–प्रचण्ड सहकार्यको संभावना, रविको राजनीतिक गणित मिलाउने रणनीति
रवि–प्रचण्ड सहकार्यको संभावना, रविको राजनीतिक गणित मिलाउने रणनीति
गण्डकी टाइम्स
गण्डकी टाइम्स
काठमाडौं, १० चैत। संसदमा उपसभामुख र संवैधानिक निकायका नियुक्ति जस्ता विषयलाई लिएर रवि लामिछाने र प्रचण्डबीच सम्भावित सहकार्यको चर्चा सुरु भएको छ। संसदीय अंकगणित मात्रै होइन राजनीतिक शक्ति सन्तुलन मिलाउने रणनीतिमा रवि अघि बढेको विश्लेषण हुन थालेको छ।
कांग्रेस, एमाले र माओवादी जस्ता ठूला दल बाहिर रहने अवस्थामा संसद र सडक दुबैबाट दबाब बढ्न सक्ने संकेत देखिन्छ। यस्तो परिस्थितिमा प्रचण्ड नेतृत्वको नेकपासँग समझदारी कायम गर्दा शक्ति सन्तुलन सहज हुने आँकलन रविको रहेको छ।
राष्ट्रियसभा अध्यक्षमा नेकपाका नारायण दाहाल रहेका छन् भने उपसभामुख नेकापालाई दिएर राजनीतिक सन्तुलन मिलाउने बारे प्रचण्ड - रविबीच छलफल भएको बताइएको छ । यसमा रविको रणनीति सफल भए सत्ता गणित र राजनीतिक समीकरण दुबै उनको लागि सकरात्मक बन्ने सम्भावना बढाएको छ।
विगतमा रविलाई गृहमन्त्री नियुक्ति गर्नेदेखि संकटको बेला संसदको रोस्टममा उभिएर प्रचण्डले रविको पक्षमा गरेको दर्यो समर्थनले उनीहरूबीचको राजनीतिक सहकार्यको सम्भावना बढेको देखिन्छ ।
प्रतिक्रिया