२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

जनताबाट फ्याँकिएका मान्छेहरूले चुनावबारे भ्रम छरेका छन्: प्रचण्ड

जनताबाट फ्याँकिएका मान्छेहरूले चुनावबारे भ्रम छरेका छन्: प्रचण्ड

गण्डकी टाइम्स
शनिवार, फाल्गुण ९ २०८२
गण्डकी टाइम्स
शनिवार, फाल्गुण ९ २०८२
  • काठमाडौँ, ९ फागुन । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताबाट फ्याँकिएका मान्छेहरूले चुनावबारे भ्रम छरेको बताएका छन् । पार्टीको दोलखा–काठमाडौं सम्पर्क निर्वाचन परिचालन कमिटीद्वारा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले पूर्वराजा ज्ञानेन्द्र शाहको अभिव्यक्तिबारे असन्तुष्टि जनाउँदै यस्तो बताएका हुन् । त्यही अभिव्यक्तिबारे उनले भने, ‘हिजो जनताबाट फ्याँकिएका केही मानिसहरूले चुनाव हुँदैन, हुनुहुँदैन भन्ने कुरा गरेका छन्। म पाटीको तर्फबाट भन्छु यस्ता कुराको पछि नलाग्न र दृढतापूर्वक चुनावमा लाग्न अपिल गर्छु।’ पूर्वराजा शाहले देशको समस्या समाधान नगरी गरिएको चुनावबाट निकास नआउने बताएका थिए । उनले प्रतिक्रियावादी र प्रतिगामीहरूको चलखेलको कुनै अर्थ नभएको बताए। आफूहरूले सुरुदेखि नै देशको निकासको लागि चुनावको विकल्प नभएको कुरा गर्दै आएको बताए।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij