२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

एमाले गोरखामा बिद्रोह, प्रदेश सदस्यसहित एक दर्जन नेताकार्यकर्ता नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश

एमाले गोरखामा बिद्रोह, प्रदेश सदस्यसहित एक दर्जन नेताकार्यकर्ता नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश

गण्डकी टाइम्स
बिहिवार, मंसिर २५ २०८२
गण्डकी टाइम्स
बिहिवार, मंसिर २५ २०८२
  • गोरखा, २५ मंसिर । नेकपा एमाले गोरखाबाट बिद्रोह गरि एक दर्जन नेताकार्यकर्ता नेपाली कम्युनिस्ट पार्टी (नेकपा)मा प्रवेश गरेका छन् । गोरखा सदरमुकाममा आज आयोजित नेकपाको एकता सन्देश सभा कार्यक्रममा एमालेका प्रदेश समिति सदस्य सन्त गुरुङ र पूर्व नेपाली सेनाका अवकाशप्राप्त प्रदीप नेपालीसहित एक दर्जन नेताकार्यकर्ता औपचारिक रूपमा नेकपा प्रवेश गरेका छन्। नव–प्रवेशीहरूलाई नेकपाका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले अबिर माला लगाएर पार्टीमा स्वागत गरे । नेता श्रेष्ठले परिवर्तन, सामाजिक न्याय र समतामूलक समाज निर्माणका लागि सबै नेकपाको यात्रामा अघि बढ्नुपर्नेमा जोड दिए । प्रवेश गरेका सन्त गुरुङ र प्रदीप नेपालीले पार्टी नेतृत्वमा विश्वास व्यक्त गर्दै आगामी दिनमा संगठन विस्तार र जनताको पक्षमा सक्रिय रूपमा काम गर्ने प्रतिबद्धता व्यक्त गरे।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij