२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

गोरखामा नेपाली कांग्रेसबाट उम्मेदवार बन्नेको लर्को: आकांक्षीमा पुरानादेखि नयाँ अनुहारसम्म (सूचीसहित)

गोरखामा नेपाली कांग्रेसबाट उम्मेदवार बन्नेको लर्को: आकांक्षीमा पुरानादेखि नयाँ अनुहारसम्म (सूचीसहित)

गण्डकी टाइम्स
आइतवार, मंसिर २१ २०८२
गण्डकी टाइम्स
आइतवार, मंसिर २१ २०८२
  • गोरखा, २१ मंसिर । नेपाली कांग्रेसको केन्द्रीय समितिले आसन्न निर्वाचनका लागि उम्मेदवारका आकांक्षीहरूको नाम सिफारिस गर्न मातहतका संरचनालाई निर्देशन सहितको परिपत्र गरेसँगै गोरखा जिल्लामा चुनावी सरगर्मी बढेको छ। विशेषगरी प्रतिनिधि सभाको प्रत्यक्ष र समानुपातिकतर्फ तथा राष्ट्रिय सभाको सदस्यका लागि कांग्रेसका आकांक्षीहरूले आफ्नो दाबी प्रस्तुत गर्न थालेका छन्। कांग्रेसको पार्टी विधान अनुसार तल्लो तहबाट सहमति वा बहुमतको आधारमा बढीमा तीन जनाको नाम केन्द्रमा पठाउनुपर्नेछ। निर्वाचनको मिति नजिकिँदै गर्दा गोरखा जिल्लाको दुईवटै निर्वाचन क्षेत्रमा कांग्रेसका पुराना अनुभवीदेखि नयाँ अनुहारसम्मको उम्मेदवारीमा आकर्षण देखिएको छ। प्रतिनिधि सभा गोरखा क्षेत्र नं १ मा कांग्रेसका प्रत्यक्षतर्फका आकांक्षी उम्मेदवारीहरु: १, राजेन्द्र बजगाईँ २, चिनकाजी श्रेष्ठ ३, युवराज बस्ताकोटी ४, भूगोल थापा ५, जनार्दन आर्याल ६, पुर्ण वहादुर दाहाल ७, प्रेम खत्री ८, जानुका पन्त समानुपातिकतर्फ पनि ईश्वर पाण्डे, कमला लामिछाने, सन्तोष गुरुङ, जगत बराम, टीका श्रेष्ठ, रिता परियार, हरी गान्धारी लगायतका नेताहरूले आकांक्षा प्रस्तुत गरेका छन् । त्यसैगरि नेपाली कांग्रेस गोरखा क्षेत्र नं २ का प्रत्यक्षतर्फका आकांक्षीहरू: १, दिपकबाबु कडेल २, प्रकाशचन्द्र दवाडी ३, नवीन श्रेष्ठ ४, ओम गुरुङ ५, वेद प्रसाद काप्री ६, मोहन पोखरेल समानुपातिकतर्फ रविकला खनाल, मन कुमारी गुरुङ, सलाउदिन मिया लगायतको नाम चर्चामा छ। नेपाली कांग्रेस गोरखाबाट राष्ट्रिय सभा उम्मेदवारको लागी तीन नाम सिफारिस भएको छ । राष्ट्रिय सभामा रिक्त हुने पदका लागि गोरखाबाट अब्दुल सतार, सलाउदिन मिया र जीवन प्रेम श्रेष्ठको नाम सिफारिस माग गरिएको छ । केन्द्रीय निर्देशन अनुसार, यी नामहरूमध्येबाट एक सिटका लागि प्रक्रिया पुर्याई तीन जनाको नाम केन्द्रमा पठाउनुपर्नेछ। समानुपातिकतर्फको बन्द सूची पुस १८ र १९ गते पेस गर्नुपर्ने र प्रत्यक्षतर्फको निर्वाचन फागुन २१ गते तोकिएको छ भने राष्ट्रियसभाको निर्वाचन माघ २५ गते हुनेछ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij