बेलायती प्रिन्स एन्ड्रुले राजसी उपाधि त्यागे
बेलायती प्रिन्स एन्ड्रुले राजसी उपाधि त्यागे
गण्डकी टाइम्स
गण्डकी टाइम्स
लन्डन। बेलायती राजपरिवारका सदस्य प्रिन्स एन्ड्रुले राजा चार्ल्स तेस्रोसँगको छलफलपछि आफ्नो राजसी उपाधि त्याग्ने निर्णय गरेका छन्। अबदेखि उनले “ड्युक अफ योर्क” सहितका राजसी उपाधि र सम्मानजनक पदवीहरू प्रयोग नगर्ने भएका छन्।
एन्ड्रुले भनेका छन्, “म यो निर्णय आफ्नै इच्छा र विचारअनुसार गरेको हुँ, ताकि राजपरिवारका आधिकारिक कार्यमा मेरो नामले कुनै असहजता सिर्जना नगरोस्।”
सन् २०१९ मा अमेरिकी वित्तपोषक जेफ्री एप्स्टिनसँगको सम्बन्धबारे उठेका विवादपछि एन्ड्रु निरन्तर आलोचनामा परेका थिए। त्यसयता उनी अधिकांश राजकीय जिम्मेवारीबाट टाढा रहँदै आएका छन्।
हालैको निर्णयपछि उनले राजकीय सम्मान र सार्वजनिक जिम्मेवारी पूर्ण रूपमा त्याग्ने संकेत दिएका छन्। यद्यपि, कानूनी रूपमा “ड्युक अफ योर्क” उपाधि हटाउन संसदको स्वीकृति आवश्यक हुने बताइएको छ। राजदरबारले यस विषयमा औपचारिक विज्ञप्ति जारी नगरे पनि एन्ड्रुको निकटले यो निर्णय “राजपरिवारको हितमा गरिएको कदम” भएको जनाएको छ।
प्रतिक्रिया